२०८२ जेठ २५ शनिवार

राशिफल

सिन्धुपाल्चोकमा बाढीको बितण्डा, यातायात सम्पर्क विच्छेद

सिन्धुपाल्चोकको हेलम्बुमा मंगलबार साँझ आएको बाढी र पहिरोले हेलम्बु बजार क्षेत्रका ३ पुरुष र १ महिला बेपत्ता भएका छन् भने कैयौँ घरहरु डुबानमा परेका छन् ।

बाढी र पहिरो प्रभावित क्षेत्रमा यातायात सम्पर्क विच्छेद भएको छ । मेलम्ची–नवलपुर–चौतारा जोड्ने पुल समेत बगेको छ । ठाउँ–ठाउँमा झोलुङ्गे पुल पनि बगेका छन् ।

प्रहरीका अनुसार अहिले पनि लेदो र ठूला ढुंगासहितको पहिरो झर्ने क्रम जारी छ । मेलम्ची खानेपानीको मुहान अम्बाथानतिरबाट बाढी उर्लिएर आएको र नदी किनारका बस्तीमा क्षति पुर्याएको स्थानीयले बताएका छन् ।