मनाङ सदरमुकाम चामे लगातारको वर्षाका कारण डुबानमा परेको छ । ठाडो बग्ने घट्टेखोला र च्याट्टु खोलामा आएको बाढीले चामे डुबानमा परेको हो ।
दुई खोलाको बाढीले मर्स्याङ्दी नदीको बहाबलाई समेत रोकेको थियो । बाढीका कारण मनाङको हुलाक कार्यालयमा क्षति पुगेको छ भने जिल्ला प्रहरी कार्यालय जोखिममा रहेको छ ।
बाढीका कारण मनाङ जाने सडक अवरुद्ध छ भने विजुलीका पोलहरु ढलेका छन्। चामे स्थित लघुजलविद्युत आयोजना र तिमाङको लघुजलविद्युत आयोजना बाढीले बगाइदिएको छ।
बिजुली नहुँदा केही स्थानको संचार सुविधा समेत अवरुद्ध छ । बाढी र पहिरोका कारण मनाङ स्थित तिमाङको बेलीब्रिज बगाएको छ।
तपाइँको प्रतिक्रीया