२०८२ जेठ २२ बुधबार

राशिफल

लमजुङको दोर्दीखोलामा आएको बाढीले हिलेबजारका १३ घर बगायो

लमजुङको दोर्दीखोलामा आएको बाढीले हिलेबजारका १३ घर बगाएको छ। रातभरि खोलाले बजारका घरहरू बगाउन थालेको र अहिले पनि बगाइरहेको छ ।

सदरमुकाम बेसीशहरबाट करिब २५ किलोमिटर दुरीमा पर्ने हिलेबजार जाने कच्ची बाटो पहिरोले भत्किएको छ ।

दोर्दीखोलामा आएको पहिरोले केहीबेर खोला थुनिएको र अचानक फुट्दा बजार नै बगाउने गरी बाढी आएको थियो ।

दोर्दीखोलामा आएको बाढीले निर्माण सकिनै लागेका लिवर्टी हाइड्रो पावर र हिमालय हाइड्रो पावरले बनाइरहेका आयोजनामा क्षति पुगेको छ ।