सरकारले सबै मन्त्रालयलाई परिचालित गरेर बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको कामलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
बुधबार बसेको विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले सबै मन्त्रालयको संयुक्त प्रयासमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।
साथै, बैठकले मनसुनको एक सय दिनको अवधिमा गर्ने कार्ययोजनासमेत पारित गरेको छ । कार्ययोजना केही समयपछि सार्वजनिक हुनेछ ।
तपाइँको प्रतिक्रीया