२०८२ जेठ २३ बिहीबार

राशिफल

नारायणी नदीमा पानीको वहाव इतिहासकै उच्च विन्दुमा

लगातारको बर्षाका कारण नारायणी नदीमा पानीको वहावले खतराको विन्दु पार गरेको छ।

मंगलबार अपराह्न ४ बजेदेखि पानीको बहाव बढ्दै गएपछि नारायणीमा पानीको वहाव मंगलबार साँझ ८:३० बजे ९.८७ मिटर पुगेको थियो । त्यस्तै, नदीको सतह गए राति १० बजेर ५० मिनेटमा १० दशमलव ४६ मिटर पुगेको हो । यो हालसम्मकै उच्च विन्दु हो ।

जिल्ला आपत्कालीन सञ्चालन केन्द्रकाअनुसार नदीमा पानीको वहाहव ८ मिटरभन्दा माथि गएमा खतराको विन्दु पार गरेको बुझिन्छ। गत वर्ष नारायणीमा पानीको सतह ९.९१ मिटर पुगेको थियो ।

नारायणीसँगै राप्ती र रिउ खोलामा पानीको वहाब वढ्दै गएकाले नदी तटीय क्षेत्रका जनतालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । सो क्षेत्रमा बुधबार पानी वर्षा जारी छ ।