नेपाल एसिया कप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । नेपालले सन् २०२३ मा चीनमा हुने एसिया कप फुटबल प्रतियोगितामा छनोटका लागि प्लेअफ खेल्न नपर्ने भएको हो ।
एसियाली फुटबल महासंघ (एएफसी) ले एसिया कप छनोटको तेस्रो चरणको खेल खेल्ने टिमको नाम सार्वजनिक गर्दा नेपाल पनि परेको हो । एएफसीको नयाँ नियमअनुसार नेपाल पनि अर्को चरण प्रवेश गरेको हो ।
एसियाली क्षेत्रको छनोट खेलेका ८ समूहका शीर्ष ८ टिम र दोस्रो हुनेमध्ये उत्कृष्ट चार टिमसंगै आयोजक चीन सिधै एसिया कपका लागि छनोट भएका छन् ।
त्यस्तै, छनोट खेलमा दोस्रो हुने ३ टिम, तेस्रो हुने र चौथो हुने ८–८ टिम अनि पाँचौ हुनेध्ये उत्कृष्ट ३ टिम गरी २२ टिमले एसिया कपको तेस्रो चरणको छनोट खेल खेल्नेछन् । यसअघि चौथो हुने ८ मध्ये उत्कृष्ट ४ टिममात्रै तेस्रो चरणमा छनोट हुने र बाँकीले प्लेअफ खेल्ने एएफसीको नियम थियो । एसिया कप छनोटका लागि कुल २४ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
तपाइँको प्रतिक्रीया