बुधबार सेयर बजारमा पहिरो गएको छ। नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको सेयरमा चलखेलपूर्ण कारोबार भइरहेको खुलासा गरेपछि आज नेप्से ५२.४१ अंकले र सेन्सिटिभ सूचक ८(५६ अंकले घटेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आजको कारोबारमा २ सय १९ कम्पनी सामेल भएका छन्। आज २ करोड ८२ लाख ८९ हजार कित्ता सेयर बिक्री भएको छ।
दिनभरिमा भएको १ लाख ६७ हजार ९ सय ३८ पटकको खरिदबिक्रीसँगै १५ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
माइक्रोफाइनान्सबाहेक १२ वटा समूहको सूचक राताम्य छन्। आज सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मात्रै १० प्रतिशतले बढेको छ। बाँकीको सेयरमूल्य त्योभन्दा कम दरले बढेको छ। त्यस्तै डेढ दर्जन कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ।
तपाइँको प्रतिक्रीया