२०८२ जेठ २४ शुक्रबार

राशिफल

सरकारले चिनियाँ कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने

सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको छ ।

चिनियाँ कम्पनीले मूल्य लगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने बताएको थियो । त्यही कारण स्वास्थ्य सेवा विभागले खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन । तर अन्य कम्पनीसँग खरिद प्रक्रिया अघि नबढेपछि चिनियाँ प्रस्तावअनुसार नै सरकार ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्न सहमत भएको छ ।

यसरी खरिद गरिएको खोपको पहिलो लट जुन महिनाभित्र नेपालमा आउने छ । नेपालमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ को कानुन नभएकाले यसलाई कसरी सम्बोधन गर्ने भन्नेबारे सरकारले गृहकार्य गरिरहेको छ ।