आफ्नै छोरीको बलात्कार गरी हत्या गरेको आरोपमा एक बुबा पक्राउ परेका छन् । १० वर्षीया छोरीमाथि बलात्कार गरेर हत्या गरेको आरोपमा कैलाकीको लम्कीचुहा नगरपालिका–८ का ५१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार जेठ २७ गते भैँसी गोठमा झुण्डिएको अवस्थामा बालिकाको शव फेला परेको थियो ।
सेती प्रादेशिक अस्पतालमा मृतक बालिकाको स्वास्थ्य परीक्षण गर्दा बलात्कारपछि हत्या गरिएको पुष्टि भएपछि प्रहरीले थप अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा घटनामा बुवाकै संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया