२०८२ असार २ सोमबार

राशिफल

जसपामा ठाकुरले गरे कार्यकारिणी समिति हेरफेर

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफू पक्षका नेताहरू राखेर कार्यकारिणी समिति हेरफेर गरेका छन्।

उनले आफू पक्षका १६ जना कार्यकारिणी सदस्यहरू थपेर अर्का अध्यक्ष यादव पक्षका १६ जनालाई हटाएका छन्।

ठाकुरले अध्यक्ष उपेन्द्र यादवसहित महेन्द्र राय यादव, गजादर यादव, रमेश यादव, मृगेन्द्र सिंह यादव, रामनरेश राय यादव र नवलकिशोर यादवलगायतलाई कार्यकारिणी समितिबाट हटाएका छन्।

आफू पक्षीय खेलकुद मन्त्री एकबाल मियाँ, पर्यटन मन्त्री उमाशंकर अरगरीया, श्रममन्त्री विमल श्रीवास्तव, सन्तोष मेहता, सुरेन्द्र झा लगायतलाई कार्यकारिणीमा लगेका छन्।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा आफ्नो पक्षमा ३० भन्दा बढी कार्यकारिणी सदस्य रहेको यादव पक्षको दाबी छ।