अर्थतन्त्रको पुनरुत्थान गर्न विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर (१७ अर्ब ७८ करोड रुपैयाँ) ऋण दिने भएको छ ।
बैंकको बोर्ड बैठकबाट उक्त प्रस्ताव स्वीकृत भएको विश्व बैंकको नेपालस्थित कार्यालयले जनाएको छ ।
ऋण सहायताका रुपमा प्राप्त हुने १७ अर्ब ७८ करोड नेपालमा कोभिड महामारीको पुनरुत्थान, जोखिमपूर्ण वर्गको सुरक्षा तथा दिगो विकासको प्रयोजनमा खर्च हुनेछ ।
तपाइँको प्रतिक्रीया