२०८२ जेठ २१ मङ्गलबार

राशिफल

बारामा हाकिमलाई कार्यालय सहयोगीले भने– १५ लाख नदिए गोली हान्छु

बाराका एक प्रमुख प्रशासकीय अधिकृतसँग १५ लाख फिरौती माग्ने आफ्नै कार्यालय सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ।

सुवर्ण गाउँपालिका ४ हर्दिया टोलका २८ वर्षीय मुकेशप्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

उनले आफ्नै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविनकुमार श्रीवास्तवलाई धम्क्याएको प्रहरीको भनाइ छ ।

एनसेलको अपरिचित नम्बर प्रयोग गरेर यादवले श्रीवास्तवसँग १५ लाख रुपैयाँ एक घण्टामा नदिए गोली हानेर हत्या गर्ने भन्दै धम्क्याएका थिए।