२०८२ असार २ सोमबार

राशिफल

सरकारमा सहभागी मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने जसपा यादव पक्षको निर्णय

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव समूहले सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

यादव पक्षीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी ९ जनालाई निष्कासन गर्ने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अनुसार वैधानिकता दाबी गर्दै पुन: निर्वाचन आयोगमा जाने निणशर््य जसपा यादव पक्षले गरेको छ । यसअघि पार्टी अध्यक्ष महन्थ ठाकुरसहित नेताहरुलाई गरिएको कारबाहीलाई आयोगले वैधानिकता दिएको छैन ।