गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।
बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मतको प्रस्ताव राख्न लागेका हुन्।
मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भए पनि एक सातामै उनले मत लिन लागेका हुन् ।
उनलाई मुख्यमन्त्री बनाउन कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र एक स्वतन्त्र गरी ३१ जना सांसदको सहयोग छ।
तपाइँको प्रतिक्रीया