२०८२ असार २ सोमबार

राशिफल

कांग्रेसले शुक्रबारदेखि क्रियाशील सदस्यता छानबिन सुरु गर्ने

कांग्रेसले शुक्रबारदेखि क्रियाशील सदस्यता छानबिन सुरु गर्दै छ । केन्द्रीय पदाधिकारी बैठकले भदौ १६ देखि १९ गतेसम्म १४औं महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरेपछि कांग्रेस १४ औं महाधिवेशनको तयारीमा जुटेको छ ।

संशोधित कार्यतालिका अनुसार असार मसान्तभित्र क्रियाशील सदस्यता टुंग्याउनुपर्ने समयसीमा छ ।

१३औं महाधिवेशनमा पाँच लाख क्रियाशील सदस्य रहेकोमा यसपटक दोब्बर हुने देखिएको छ ।

सुरुमा प्रदेश अनुसार समिति सदस्यहरुले सदस्यता टुुंग्याउने र त्यसलाई पूर्ण कमिटीमा लगेर अन्तिम रुप दिने आन्तरिक तयारी छ ।