२०८२ जेठ २१ मङ्गलबार

राशिफल

भारतमा कोरोना फैलाउने कुम्भ मेलामा सहभागी एक लाखभन्दा धेरैको कोरोना रिपोर्ट नक्कली

भारतको कुम्भ मेलामा सहभागी एक लाखभन्दा धेरै जनाको कोरोना परीक्षणको रिपोर्ट नक्कली रहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

हरिद्वारका दुई निजी प्रयोगशालाले दिएको कोरोना परीक्षणको रिपोर्ट मध्ये एक लाखभन्दा धेरै नक्कली पाइएको हो ।

कोरोना रिपोर्टमा नक्कली नाम, मोबाइल नम्बर र ठेगाना उल्लेख गरेको पाइएको छ । नक्कली रिपोर्ट दिएको कारण कोरोना संक्रमण फैलिएको हुन सक्ने बताइएको छ ।

उत्तराखण्डको सरकारले प्रहरीलाई यस विषयमा अनुसन्धानको लागि निर्देशन दिएको छ । कुम्भमेलामा आएर फर्किएका मानिसबाट भारतभर कोरोना संक्रमण फैलिएको विभिन्न प्रतिवेदनहरुले देखाएका थिए ।