२०८२ असार २ सोमबार

राशिफल

कांग्रेसले बागी उम्मेदवारलाई क्रियाशील सदस्यता नदिने

कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिने ‘विद्रोही–बागी’लाई क्रियाशील सदस्यताबाटै बञ्चित गर्ने निर्णय गरेको छ।

कांग्रेसले जिल्ला कार्यसमितिमा परिपत्र गरेर बागीलाई क्रियाशील नदिन निर्देशन दिएको छ । केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले विगतमा पार्टीका उम्मेदवारका विरूद्ध लागेकालाई क्रियाशील नवीकरण नगर्न निर्देशन दिएका हुन् ।

अनुशासनको कारबाही गरिएकालाई पनि क्रियाशील सदस्यता नदिन कांग्रेसले परिपत्र गरेको छ। कांग्रेसले गत वर्ष २८० जनाभन्दा बढी बागी उम्मेदवारलाई कारबाही गरेको थियो । यो नियम लागू भएमा उनीहरु कसैले पनि क्रियाशील सदस्यता पाउने छैनन् ।