२०८२ जेठ २२ बुधबार

राशिफल

प्युठानमा बाढीले बगायो पुल

प्युठानमा निर्माणाधीन पुल बाढीले बगाएको छ। झिमरुक नदीमा निर्माणाधीन दाबरा माझी दमार पुल बाढीले बगाएको हो ।

सो पुल ढलान गरेको चार दिन भएको थियो । प्रिस्टेज ब्रिज प्रविधिबाट निर्माण गरिने पुल ढलान गरेको १४ दिनमा बल्ल सेट हुन्छ ।

बाढीले फलामे टेकोहरू बगाउँदा पुल भत्किएपछि निर्माण कम्पनीलाई करिब १ करोड घाटा भएको बुझिएको छ ।

७० मिटर लामो उक्त पुलको ३५ मिटर ढलान यसअघि नै पूरा भइसकेको थियो भने दोस्रो ३५ मिटर ढलान गरिएको थियो ।

पुल निर्माणको जिम्मा अमर कन्स्ट्रक्सन प्रालि काठमाडौंले ७ करोड १२ लाख रूपैयाँमा लिएको थियो ।