नेपालमा अविरल वर्षाले निम्त्याएको बाढी प्रकोपले सिन्धुपाल्चोक लगायत नेपालका विभिन्न भूभागमा क्षति पुर्याएको छ । जस कारण मानिसहरु घर छाडेर आश्रय लिइरहेका छन् ।
यसरी पीडामा रहेका जनताको पीडामा मलहम लगाउने प्रयासस्वरुप ओएसआर डिजिटल नेपालका अध्यक्ष ओम प्रकाश अग्रवाल, गुर्खा वारियरका अध्यक्ष मिलन चामलिंग राई, कमेडी चाम्पियनका बिशाल भण्डारीलगायतले खाद्यान्नलगायतक सामग्री सहयोग गरेका छन् ।
सामाजिक उत्तरदायित्व र सहयोगी भावना राखेर युवाहरुको समूहले मेलम्चीलगायत देशभरका विभिन्न स्थानमा यस्तो अभियान चालेका हुन् । यो अभियानबाट दैनिक सयभन्दा धेरैले लाभ लिइरहेका छन् ।
यसअघि उनीहरुको समूहले दैनिक मजदुरी गरेर जीवन चलाउनेलाई खाद्यान्न वितरण गरेको थियो । ओएसआरका अध्यक्ष अग्रवालले सानो भए पनि सहयोग गर्न पाउँदा आफूहरु खुसी भएको बताए । सेवा नै धर्म भएको उनको भनाइ छ ।
यो अभियानमा देश तथा विदेशमा रहेका नेपालीले आर्थिक सहयोगसमेत गरिरहेका छन् । बेलायतमा रहेका समाजसेवी तारा दुमी राईको पनि यस अभियानमा सहयोग रहेको छ । यस अभियानमा डाइरेक्टर बसन्त निरौला, कलाकार आँचल शर्मा र अन्य कलाकारहरुको पनि सहभागिता रहेको छ ।
डाइरेक्टर मिलन चाम्सका अनुसार दैनिक विभिन्न स्थानमा गएर प्राकृतिक विपद्मा परेकाहरुका लागि सहयोग कार्य भइरहेको छ । साथै, यस कार्यलाई निरन्तरता दिनेसमेत उनले बताए । उनले भने, ‘विपद्मा परेका, गरिब, दु:खीलगायत जसलाई सहयोग आवश्यक छ उहाँहरुलाई हामी सहयोग गर्न आतुर छौँ ।’
तपाइँको प्रतिक्रीया