२०८२ असार २ सोमबार

राशिफल

गण्डकी प्रदेशका पोखरेलले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । शुक्रबार उनको प्रदेशसभामा विश्वास रहेको प्रस्ताव बहुमतबाट पारित भएको हो ।

उनको पक्षमा ३१ सांसदले मतदान गरे । ५८ सांसदले मतदान गरेकामा नेकपा एमालेका २७ सांसदले भने विपक्षमा मतदान गरेका थिए ।

उनलाई माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन रहेको छ । उनी संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।