२०८२ जेठ २२ बुधबार

राशिफल

जगदम्बा स्टिल उद्योगमा आगलागी, दुई मजदुरको मृत्यु

बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आगलागी भएको छ । आगलागीमा परेर दुई जना मजदुरको मृत्यु भएको छ । अन्य तीन जना घाइते छन् ।

फर्निस आयल राखेको ट्याङकी पड्किएर भएको आगलागीमा भारतको बिहार घर भएका ४० वर्षीय प्रदीप गोढ र ४५ वर्षीय रामनाथ महतोको मृत्यु भएको हो ।

राजकुमार बिक, इन्द्रप्रसाद अधिकारी र नवराज चौलागाई घाइते छन् । घाइतेको तराई सिमरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।