२०८२ जेठ ३१ शुक्रबार

राशिफल

संस्थापन पक्षबाट सभापतिमा देउवा र निधिको दाबी

भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कांग्रेस महाधिवेशनमा संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले रुची देखाएका छन् ।

बुढानिलण्ठस्थित निवासमा आफूनिकट नेताहरुलाई बोलाएर देउवाले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरिरहेको अवस्थामा निधिले हालसम्म आफूले देउवालाई सहयोग गरेकाले अब देउवाले आफूलाई सहयोग गर्नुपर्ने बताएका थिए ।

उनको भनाइ थियो, ‘यतिन्जेल मैले तपाईंलाई सहयोग गरेँ, अब तपाईंकै सहयोगमा म सभापति उठ्ने हो ।’ उनले आफू सभापतिमा उठे रामचन्द्र पौडेल पक्षलाई पनि मिलाएर लान सक्नेसमेत बताएका थिउ ।

जवाफमा देउवाले थप एक कार्यकालका लागि आफूले सभापतिमा तयारी गरिसकेकाले पछि नहट्ने बताएका थिए । साथै, उनले सभापतिमा जो पनि उठ्न सक्ने बताउँदै इच्छा भए निधि पनि उठ्न सक्ने संकेत गरेका थिए ।

तर, निधिले अहिले आफू सभापति भए चार वर्षपछि हुने १५ औं महाधिवेशनमा युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने कुरासमेत राखेका थिए ।