२०८२ जेठ २५ शनिवार

राशिफल

स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया युवती मउत भेटिन्, अनुसन्धान गर्दै प्रहरी

डडेल्धुरामा एक युवती मृत फेला परेकी छन् । शनिबार परशुराम नगरपालिका(८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामी मृत भेटिएकी हुन् ।

सो घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले धनगढीबाट प्रहरीका दुई टोली परिचालन गरिएको छ ।

असार २ गते स्वास्थ्य सामग्री पुर्‍याउन जोगबुढा अस्पताल जाने क्रममा बेपत्ता भएकी धामीको शनिबार स्थानीय हट्वानी सामुदायिक वनमा शव फेला परेको थियो ।

मृतकको शरीरमा बाहिरी देखिने चोट पटक नदेखिए पनि हत्याको आशङ्कामा अनुसन्धान अगाडि बढाइएको हो। शव परीक्षण कार्य पनि जारी छ ।