२०८२ जेठ २५ शनिवार

राशिफल

जातका कारण कोठा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गर्यो

जातका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ ।

आफूले कोठा नपाएको विषयमा रुपाले सामाजिक संजालमा भिडियो पोस्ट गरेकी थिइन् भने विभिन्न मिडियामा समाचार पनि आएको थियो । सामाजिक अभियन्ताले प्रहरीमा उजुरी पनि दिएका थिए ।

उजुरीका आधारमा काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको हो । प्रहरीले घरबेटीविरूद्ध गत शुक्रबार नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो।

सुरूमा घरबेटी कोठा दिन जारी भए तापनि रुपा सुनार थरको भएका कारण पछि कोठा दिन आनाकानी गरेकी थिइन् । रुपा संचारकर्मी हुन् ।