स्वीट्जरल्यान्डको केन्द्रीय बैंक (स्वीस नेसनल बैंक) मा नेपालीहरुको मौज्दात रकम बढेको पाइएको छ । पछिल्लो विवरणअनुसार बैंकमा सन् २०१९ को तुलनामा २०२० मा नेपालीको बचत दोब्बर भएको हो ।
स्वीस बैंकमा गम्भीर अपराध तथा गैरकानुनी कार्यबाट आर्जित रकम बचत गरिदिने र उच्चस्तरीय गोपनीयता राख्ने गरिन्छ ।
यस वर्ष नेपाल, भारत लगायतका मुलुकका नागरिकले गरेको बचतमा वृद्धि भएको विवरणमा उल्लेख छ ।
हालै सार्वजनिक विवरणमा सन् २०२० मा नेपालीको स्वीस बैंकमा अहिलेको विनिमय दरअनुसार ४६ अर्ब ६४ करोड बचत रहेको उल्लेख छ । सन् २०१९ मा स्वीस बैंकमा नेपालीले २२ अर्ब ७३ करोड बचत गरेका थिए ।
तपाइँको प्रतिक्रीया