२०८२ जेठ २५ शनिवार

राशिफल

कक्षा ११ को विद्यार्थी मूल्यांकन विद्यालय आफैले गर्न पाउने

विद्यालयहरुले कक्षा ११ को विद्यार्थी मूल्यांकन आफै गर्न सक्ने भएका छन् । गत वर्ष राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ अनुसार विद्यालयले विद्यार्थीको मूल्यांकन गर्न सक्नेछन् ।

उक्त कार्यविधिमा असार मसान्तसम्म मूल्यांकन सक्नुपर्ने भनिए पनि यो वर्ष विद्यालयले आफ्नो परिस्थिति अनुकूल मूल्यांकन गर्न सक्ने भएका हुन् ।

कार्यविधिमा कक्षा ११ मा नियमिततर्फ कम्तीमा ७० प्रतिशत हाजिरी भएका विद्यार्थीले मात्र परीक्षा दिन पाउने, विद्यार्थीले कक्षा ११ मा अध्ययनका लागि विषयहरु बोर्डमा रजिष्ट्रेसन गराउनुपर्ने र परीक्षाका लागि प्रश्नपत्र तथा उत्तरपुस्तिका पनि विद्यालय आफैंले तयार गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।