२०८२ जेठ २५ शनिवार

राशिफल

उपत्यकामा अब बारअनुसार पसल खुल्ने, सवारी जोर–बिजोर

काठमाडौं उपत्यकाकामा अब बार अनुसार व्यवसाय सञ्चालन गर्न पाइने भएको छ । जसअनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ ।

सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ पसल खुल्नेछन् ।

यी पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको हो । खाद्यान्न, फलफूल र तरकारी पसल हरेक दिन बिहान ११ बजेसम्म खुल्नेछन् ।

त्यस्तै, नीजि सवारीमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । निषेधाज्ञा एक साता थपिएको छ । असार ७ गतेदेखि निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्न पाउनेछ । तर अरु सार्वजनिक सवारी साधन भने चलाउन पाइने छैन ।