प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा ज्वाला संग्रौला, शर्मिला वाइबा र हिमाल उपाध्याय पक्राउ परेका छन् ।
पीडित खुश्बु घिमिरेले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । खुश्बु युवा संघकी नेतृ हुन् ।
संग्रौलामाथि ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई दुर्व्यवहार गरेको पनि आरोप छ ।
साथै, प्रहरी परिसर टेकुमा राखिएका वेला संग्रौलालाई कुटपिट गर्ने सुजन खत्री र सुमन चित्रकारलाई पनि सोही कसुरमा समातिएको छ ।
तपाइँको प्रतिक्रीया