२०८२ जेठ २१ मङ्गलबार

राशिफल

चाइना फाउन्डेसनद्वारा धनुषा जिल्लाका विपन्न परिवारलाई खाद्यान्न वितरण

सफा सुनौलो नेपालसँगको सहकार्यमा चाइना फाउन्डेसनले प्रदेश २ को नगराइन नगरपालिका–४ का २५० परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

गरिबी निवारणको काममा संलग्न रहँदै आएको चाइना फाउन्डेसनले सुरु गरेको सहयोग अभियानबाट २५० भरपरिवार लाभान्वित भएका हुन् ।

फाउन्डेसनले दैनिक ज्याला मजदुरी गर्ने, आर्थिक अवीथा कमजोर भएकाहरुलाई छनोट गरी सहयोग उपलब्ध गराएको थियो । सो अवसरमा सो वडाका वडाध्यक्ष आमोरी लाल र चाइना फाउन्डेसनका प्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रम व्यवस्थापक संजक कुमार साहले जानकारी दिए ।

फाउन्डेसनले बागमति प्रदेशको काठमाडौं, टोखा, कीर्तिपुर, ललितपुर र प्रदेश २ का धनुषा, सर्लाहीका निम्न आय भएका १ लाखभन्दा बढी परिवारलाई सहयोग गर्ने लक्ष्य लिएको छ ।

पहिलो चरणमा फाउन्डेसनले कोरोनाबाट अति प्रभावित काठमाडौं, दक्षिणकाली र प्रदेश २ को सर्लाही र धनुषामा १० आपतकालिन अक्सिजन स्टेसन, आइसोलेसन सेन्टर स्थापना गर्नुको साथै स्वास्थ्य सामग्रीसमेत वितरण गरेको थियो ।