नेकपा माओवादी केन्द्रले ९९ जना केन्द्रीय सदस्य थप्ने तयारी गरेको छ । यसरी थपिने सदस्यहरुमा ४० वर्षमुनिका युवालाई प्राथमिकता दिइनेछ ।
नयाँ संगठन निर्माणको तयारीमा लागेको माओवादीको प्रस्तावित नयाँ विधानमा केन्द्रीय समिति २९९ सदस्यीय बनाउने उल्लेख छ । हाल माओवादीमा २ सय केन्द्रीय सदस्य छन् ।
केन्द्रीय सदस्य थपिँदा महिलालाई ३५ प्रतिशत, युवालाई २० प्रतिशत र दलितलाई १५ प्रतिशत स्थान दिने तयारी माओवादीको छ ।
तत्कालीन नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २ सय जना थिए । माओवादीका केही केन्द्रीय सदस्यहरु पनि यतिबेला एमालेमा लागेका छन् ।
तपाइँको प्रतिक्रीया