अष्ट्रेलियाको नर्दन टेरीटोरीमा रहेको ‘डार्बिन ब्वाइज’ कोरोना महामारी नियन्त्रणका लागि महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ७ लाख २० हजार ४२६ रुपैयाँ सहयोग गरेको छ ।
रकम संकलन अभियानमा ४५ जना सहयोगदाताले स्वइच्छाले सहयोग गरेका थिए। कोरोना नियन्त्रणको प्रयासमा राष्ट्रिय आविष्कार केन्द्रको भूमिका महत्वपूर्ण रहेकाले सो रकम पठाएको डार्बिन ब्वाइजले जनाएको छ।
पुनको कामको सम्मान गर्दै आफ्नो पारिश्रमिकबाट थोरै रकम निकालेर विदेशमा रहेका नेपालीले सो रकम पठाएका हुन् ।
तपाइँको प्रतिक्रीया