कांग्रेस उपसभापति विमलेन्द्र निधि १४औं महाधिवेशनमा सभापति पदमा लड्ने भएका छन् । सभापति शेरबहादुर देउवाले यस पटकलाई आफूलाई साथ दिन आग्रह गरे तापनि निधिले ब्याक नहुने संकेत दिएका हुन् ।
उनले सर्वसम्मत नेतृत्व चयन हुने अवस्थाबाहेकमा आफू पछि नहट्ने प्रष्ट पारेका छन् । सभापति देउवा निकट मानिने निधिले देउवालाई पनि साथ दिन आग्रह गरेका छन् । तर, देउवाले यस पटक साथ दिन नसक्ने स्पष्ट पारिसकेका छन् ।
निधिले देउवालाई बरु प्रधानमन्त्रीका लागि तयार रहन पनि भनेका छन् । आफूले पटक–पटक देउवालाई सहयोग गरेकाले यस पटक आफूलाई सहयोग गर्न उनको माग छ । साथै, उनले यस पटक आफूलाई सहयोग गरे अर्को पटक युवालाई पद हस्तान्तरण गर्नेसमेत बताएका छन् ।
यस पछक देउवा र निधिसँगै रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा. शशांक कोइराला पनि सभापतिका लागि इच्छुक छन् ।
तपाइँको प्रतिक्रीया