कांग्रेसको आसन्न १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा नेतृ सुजाता कोइरालाले सभापतिमा आफू फिट रहेको बताएकी छन् ।
उनले आफू सभापतिको उम्मेदवार हुने अवस्थामा आएमा पार्टीको विद्यानमा टेकेर अघि बढ्ने र विद्यान संशोधन गर्ने विषयलाई प्रमुख मुद्दा बनाउने समेत बताएकी छन् ।
साथै, उनले युवा र महिलालाई राजनीतिको मुलप्रवाहमा ल्याउने विषयमा पनि आफू प्रष्ट रहेको बताएकी छन् । आफ्नै निवासमा संचारकर्मीसँग कुरा गर्दैै उनले युवालाई रोजगारी दिने विषयमा पनि आफूले गृहकार्य गरिरहेको बताइन् ।
उनले कांग्रेसका कोइराला बंशका शंशार र शेखरसँग मिलेर अघि बढ्ने सम्भावना रहेको समेत बताइन् ।
तपाइँको प्रतिक्रीया