२०८२ जेठ २१ मङ्गलबार

राशिफल

रुसमाथि जित हात पार्दै डेनमार्क युरोकप २०२० को नकआउट चरणमा

रुसमाथि जित हात पार्दै डेनमार्क युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा रुसलाई ४–१ गोलले पराजित गर्दै डेनमार्क समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो ।

डेनमार्कका लागि मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक–एक गोल गरे । रुसका आर्टम ज्यूबाले एक गोल फर्काए ।

जितपछि डेनमार्क ३ खेलबाट ३ अंक सहित समूह बी को उपविजेता बन्यो । फिनल्याण्ड र रुस समान ३ अंक भए पनि डेनमार्क गोल अन्तरमा अघि रहेको छ । रुस भने अन्तिम स्थानमा रहँदै समूह चरणबाट बाहिरिएको छ ।