कोरोना महामारीको पहिलो चरणमा प्रभावित भएका इटा उद्योग दोस्रो चरणमा पनि प्रभावमा परेका छन् । महामारीका कारण सरकारी तथा निजी क्षेत्रबाट संचालित निर्माण कार्य रोकिएपछि दुई सयभन्दा बढी इटा उद्योग बन्द हुन पुगेका हुन् ।
नेपाल इटा व्यवसायी महासंघका अनुसार पहिलो चरणको महामारीमा बन्द भएका करिब चार सयमध्ये देशभर हाल दुई सय इटा उद्योग मात्र संचालनमा आएका छन् ।
भारतबाट कामदार ल्याउन नसकिएको र सिजनमै लकडाउन भएका कारण उद्योगहरु बन्द हुने अवस्थामा पुगेका हुन् । महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्रकार बजारमा निर्माण काम कम भएकाले स्टकमा रहेको इँटाले समेत बजार नपाएको बताउँछन् ।
महासंघको तथ्यांकअनुसार देशभर रहेका १२ सय इटा उद्योगमध्ये हाल एक हजार उदोग मात्र संचालनमा छन् । साथै, माग नभएपछि इटाको मूल्य पनि सस्तिएको उनले बताए ।
तपाइँको प्रतिक्रीया