२०८२ जेठ २१ मङ्गलबार

राशिफल

अमेरिकाले थप साढे ५ करोड डोज खोप बाँड्ने तर नेपालले सोझै नपाउने

अमेरिकाले थप साढे ५ करोड डोज खोप संसारका विभिन्न मुलुकलाई बाँड्ने भएको छ। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले सोमबार खोप बाँड्ने विस्तृत विवरण सार्वजनिक गरेको हो ।

अमेरिकाले ल्याटिन अमेरिका, एसिया, मध्यपूर्व, अफ्रिका र क्यारेबियन मुलुकलाई दिन लागेको खोपमध्ये ४ करोड १० लाख खोप कोभ्याक्समार्फत् बाँडिनेछ भने १ करोड ४० लाख डोज सोझै दिइनेछ।

तर, नेपालले सोझै खोप नपाउने भएको छ । दक्षिण एसियामा अफगानिस्तान, बंगलादेश र पाकिस्तानलाई अमेरिकाले सोझै खोप दिने भए पनि नेपाललाई सो सूचीमा राखेको छैन ।