२०८२ जेठ ३१ शुक्रबार

राशिफल

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटको आजदेखि सुनुवाइ

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र प्रकाश कुमार ढुंगानाको इजलासमा पेशी तोकिएको छ । यसको मंगलबारदेखि सुनुवाइ सुरु हुनेछ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले कामचलाउ सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्नु असंवैधानिक हुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय दुई पटकसम्म गरेको मन्त्रिपरिषद पुनर्गठन रद्ध गर्न माग गर्दै राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए ।

गत जेठ २५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्नाको कारण १५ दिनभित्र बुझाउन आदेश दिएको थियो ।