कांग्रेस उपसभापति विमलेन्द्र निधिले सभापतिमा उठ्ने आफ्नो डिसिजन फाइनल भएको बताएका छन्।
बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षका युवा नेताहरु उपस्थित भेटमा निधिले यस्तो बताएका हुन् ।
उनले चन्द्र भण्डारी, दिपक गिरी, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, गुरुराज घिमिरे, जीवन परियार, बद्री पाण्डे, सरिता प्रसाईलगायत केन्द्रीय नेतासँग ३ घन्टाभन्दा बढी छलफल गरेका थिए।
बैठकमा सहभागी युवा नेताले पुरानो पुस्ताबाट पार्टी सञ्चालन हुन नसक्ने भन्दै अब पार्टी नेतृत्व हस्तान्तरण हुनुपर्ने राय राखेका थिए ।
तपाइँको प्रतिक्रीया