२०८२ जेठ २२ बुधबार

राशिफल

मेगा बैंकले ग्राहकलाई फोनबाटै २ लाखसम्म कर्जा दिने

मेगा बैंकले आफ्ना ग्राहकका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ ।

आफ्ना ग्राहकहरूलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने उद्देश्यका साथ मेगा बैंकले एफ वन सफ्ट इन्टरनेसनल प्रालिसँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको हो ।

यस सुविधामार्फत मेगा बैंकमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघसंस्था तथा कम्पनीका कर्मचारीहरूले ३० दिनसम्मका लागि अधिकतम २ लाख रुपैयाँ उपभोग गर्न सक्नेछन् ।

बिनाधितो बैंकमा उपस्थित नभई बिना कुनै कागजात तत्कालै फोनमार्फत यो सुविधा पाइन्छ । मेगा स्मार्ट बैंकिङ एपमार्फत अनलाइन आवेदन दिएको केही मिनेटमै ग्राहकलाई ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत् खातामा कर्जा रकम जम्मा गरिनेछ ।