नेपाल राष्ट्र बैंकले नेपाली नोट छपाइका लागि गरेको आह्वानमा विदेशी १० कम्पनी अयोग्य बनेका छन् ।
विभिन्न देशका कम्पनीहरुले आवेदन दिएकोमा सबै कम्पनीहरु आवेदनको पहिलो चरण नै पार गर्न नसकेका हुन् ।
राष्ट्र बैंकले कम्पनीको डकुमेन्ट मागेको भए तापनि कुनै पनि कम्पनीले चाहेको जस्तो डकुमेन्ट पेश गर्न नसकेको राष्ट्र बैंकको भनाइ छ । आवेदन दिने कम्पनीको नाम भने राष्ट्र बैंकले गोप्य राखेको छ ।
अब राष्ट्र बैंक पुन: केही बोलपत्र आह्वान गर्नेछ ।
तपाइँको प्रतिक्रीया