२०८२ जेठ २३ बिहीबार

राशिफल

३ हजार इन्जिनियरले सिंहदरबार घेराउ गर्ने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले असार ११ गते सिंहदरबार घेराउ गर्ने भएको छ ।

२०७२ सालको भूकम्पपछि पुनर्निर्माणमा खटिएका इन्जिनियरलाई सरकारले हटाउन लागेको भन्दै उनीहरुले घेराउनको तयारी गरेका हुन् । उनीहरुको साउन १ गतेदेखि करार सम्झौता सकिँदैछ ।

तर, इन्जिनियर तथा प्राविधिकहरुले आफूहरुले पाउनु पर्ने सेवा–सुविधा पाउनु पर्ने र उचित व्यवस्थापन गर्नुपर्ने माग राखेका छन् । केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनले करार सम्झैता सकिने हुनाले प्राविधिकहरुलाई सोहीअनुसार मानसिकता बनाउन आग्रह गरेपछि समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

भवनअन्तर्गत इन्जिनियरिङ कार्यमा करिब ३ हजार प्राविधिकहरु कार्यरत छन् । उनीहरुले १० गते सामूहिक राजीनामा समेत दिँदैछन् ।