२०८२ जेठ २२ बुधबार

राशिफल

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या

बुधबार बिहानैदेखि नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या आएको छ। देशैभर नेपाल टेलिकमका मोबाइल नेटवर्कमा समस्या देखिएको छ।

अहिले मर्मत कार्य जारी रहेको छ। मर्मत गरेर समयपछि मोबाइल नेटवर्कले काम गर्ने टेलिकमको भनाइ छ।

टेलिकमका मोबाइलमा फोन नलाग्ने, मेसेज नजाने, इन्टरनेट नचल्नेजस्ता समस्या देखिएको प्रयोगकर्ताहरूले गुनासा गरेका छन्।