२०८२ असार २ सोमबार

राशिफल

कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने रिटमा आजदेखि सुनुवाई हुने

बुधबारदेखि प्रतिनिधि सभा विघटन सम्बन्धमा परेका रिटमाथि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ।

सुरुमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मागसहित १४६ जना सांसदले दिएको रिटबाट सुनुवाइ सुरु हुनेछ ।

सबैभन्दा पहिला देउवाको रिटमा सुनुवाइ हुने र त्यसपछि मात्रै अन्य २९ रिटमाथि सुनुवाइ हुने सर्वोच्चले जनाएको छ ।

पहिलो दिनको सुनुवाइमा देउवा पक्षले आफ्नो तर्फबाट दुई जना अधिवक्ता र तीन जना वरिष्ठ अधिवक्ताले बहस गर्ने छन् ।

बुधबार चार घन्टाको समयमा अधिवक्ता खाम्बबहादुर खाती र गोविन्द शर्मा बन्दी तथा वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, शम्भु थापा र महादेव यादवले बहस गर्ने छन्।