२०८२ असार ३ मङ्गलबार

राशिफल

ग्लोबल आइएमई बैंकले मुद्दती खातामा ८.०१ प्रतिशतसम्म ब्याज दिने

ग्लोबल आइएमई बैंकले मुद्दती खातामा पैसा जम्मा गर्दा उच्चतम् ८.०१ प्रतिशतसम्म ब्याज दिने भएको छ।

असार १ गतेदेखि लागू हुनेगरी प्रकाशित बैंकको नयाँ ब्याजदरअनुसार एक वर्ष वा सोभन्दा माथिको मुद्दती खातामा ग्राहकहरुलाई उक्त ब्याजदर उपलब्ध गराउने बताइएको हो।

बैंकको मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ प्रयोग गरेर घरबाट नै मुद्दती खाता खोल्न सकिनेछ।