काठमाडौं उपत्यकाका ९ वटा प्रहरी वृत्तका प्रमुख फेरबदल भएका छन् । एक अवधि पूरा गरेका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुलाई सरुवा गरेर नयाँ प्रमुख पठाइएको हो ।
सरुवा सूची अनुसार केशव भट्टराई प्रहरी वृत्त गौशाला, ठाकुरप्रसाद पोखरेल कीर्तिपुर, ढुण्डिराज न्यौपाने, बौद्ध, दुर्गाप्रसाद दाहाल, लैनचौर, प्रमिश विष्ट, महाराजगञ्ज, भरत श्रेष्ठ, सिंहदरबार, मीनबहादुर कुँवर, मालिगाउँ, भीमबहादुर लामा, बानेश्वर, मिलन केसी, स्वयम्भुमा जिम्मेवारी पाएका छन् ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले देशभरका ५७ जना डीएसपीको समेत सरुवा गरेका छन् ।
तपाइँको प्रतिक्रीया