२०८२ जेठ २२ बुधबार

राशिफल

पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बाको हत्या

विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बाको हत्या भएको छ ।

दक्षिणकालीको ट्वाइलेटमा प्रहरीले बुधबार उनको शव बरामद गरेको छ । प्रहरीका अनुसार उनको टाउकोमा गह्रुंगो वस्तुले हिर्काएको देखिन्छ ।

घटनालगत्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोली बोलाएर जाँच गरिएको छ । उनको शव पोष्टमार्टमका लागि लगिएको छ ।

उनी गर्भवती भएको हुनसक्ने आशंका समेत गरिएको छ ।