२०८२ जेठ २२ बुधबार

राशिफल

रोल्पामा पहिरोले घर भत्कउँदा एकै परिवारका तीन जनाको मृत्यु

रोल्पामा पहिरोले घर भत्काउँदा एकै परिवारका ८६ वर्षीया कर्मिता बुढा, १६ वर्षीया श्यामकला बुढा र १८ वर्षीया सुशीला बुढाको मृत्यु भएको छ ।

रोल्पा नगरपालिकाको हुमामा पहिरोले दुई तले घर पुर्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

रोल्पाका प्रहरीका अनुसार घटनामा सोही परिवारका टीका बुढामगर घाइते छन् ।

पहिरोका कारण सडक अवरुद्ध भएकाले उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत बुटवलस्थित अस्पताल लगिएको छ ।