२०८२ असार २ सोमबार

राशिफल

रामचन्द्र पौडेलले बोलाए आफूनिकट केन्द्रीय सदस्यहरुको बैठक

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार आफूनिकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् ।

आगामी भदौमा हुने कांग्रेसको १४ औं महाधिवेशनका लागि छलफल गर्न नेता पौडेलले पनि आफूनिकट नेताहरुको बैठक बोलाएका हुन् । बैठक दिउँसो दुई बजे बस्नेछ ।

कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्नेछ । सभापति शेरबहादुर देउवाले आफूनिकट सातै प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गरेर आफू दोहरिने बताइसकेका छन् ।

त्यस्तै, उपसभापति विमलेन्द्र निधिले पनि नेतृत्वको दौड सुरु गरिसकेका छन् । पौडेलले पनि सभापतिमा रुची देखाएको बुझिएको छ ।