२०८२ जेठ २५ शनिवार

राशिफल

मेलम्ची खानेपानी आयोजनामा एक अर्बभन्दा बढीको क्षति

मेलम्ची खानेपानी आयोजनामा एक अर्बभन्दा बढीको क्षति भएको छ । गत साता आएको बाढी र पहिरोका कारण आयोजनाका संरचनामा क्षति पुगेको छ । निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना बाढीले बगाएको छ ।

मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनाहरुमा क्षति पुग्दा सो नोक्शानी ब्यहोर्नुपरेको हो । आयोजनासक्क पुग्ने सडक र पुल बाढीले बगाएकाले क्षतिको एकीन विवरण भने अझै आउन सकिरहेको छैन ।

बाढीका कारण निर्माणस्थलमा रहेका बालुवा, गिट्टीलगायत सबै निर्माण सामग्री र भण्डारण गर्ने ठाउँ, क्याम्प, शौचालयलगायतका संरचना समेत बगाएको छ । साथै, निर्माण व्यवसायीका उपकरणसमेत बगाएको छ ।

निर्माणस्थलसम्म पुग्न सडक र पुल बगाएकाले पनि निर्माणस्थलमा काम गर्न कठिन हुने देखिएको छ ।