२०८२ जेठ २२ बुधबार

राशिफल

फेरि बढ्दो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरको हो ।

यससँगै अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ ।

हवाई इन्धन (आन्तरिक उडान) मा पनि प्रतिलिटर २ रुपैयाँले वृद्धि भएको छ । यससँगै मूल्य ८२ रुपैयाँ प्रति लिटर पुगेको छ ।

निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य बढेको भन्दै पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम गरिएको जनाएको छ ।

निगमले पछिल्लो समय हरेक महिना दुई पटकजसो मूल्य बढाइरहेको छ ।